जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार प्रतिवद्धः मन्त्री यादव


लोकपथ
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १७:०१


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसंग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारवाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारवाही गरेको छु । त्यो चाही सुन्नुभएन मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो । योजना मात्रै सुन्नुभयो ।

अनुगमन गरेको कारवाही गरेको सुन्दिनुभएन भने त मन्त्री प्रति अन्याय हुन्छ । अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ ।”

उहाँले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाईएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ । ”

उहाँले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताउनुभयो ।

उहाँले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पार्नुभयो ।

सासदहरु उमा रेग्मी ,बषन्त कुमार नेम्वाङ्ग, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी लगायतले मन्त्रीलाई प्रश्न गरेका थिए ।

प्रश्न सोध्नका लागि नाम टिपाउने सांसद महेन्द्र राय यादव नै संसद बैठकमा अनुपस्थित भएपछि मंगलबारका लागि निर्धारित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंगको प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेन ।

प्रश्न सोध्ने सांसद नभएपछि मन्त्री पण्डित रोष्टम पुगेर फर्कनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन

सांसदको प्रश्न, ‘महिलाले एकदिन पार्टी प्यालेसमा तीज मनाउँदैमा भ्रष्टाचार कम हुने हाे र ?’

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न

प्रधानमन्त्री ओलीको दाबी ‘सरकारले जनताको आलोचना व्यहोर्नुपर्ने काम गरेको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको आलोचना व्यहोर्नुपर्ने अवस्था सिर्जना