फर्स्ट माइक्रोफाइनान्स पनि मर्जरमा जाने

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने भएको छ।

कम्पनीले संभावित मर्जर तथा प्राप्तिका लागि भन्दै एक समिति गठन गरेको नेप्से तथा धितोपत्र बोर्डलाई जानकारी गराएको हो ।

कम्पनीको साउन २७ गते बसेको संचालक समितिको १५४ औं बैठकले विवेकमानसिंह शाक्यको संयोजकत्वमा ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठनको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?