२७ श्रावण २०७९, शुक्रवार

एलिजाको एक करोडको अनुरागमा ऋषि धमलाको भुमिका के होला ?

२०७४,भाद्र,२६,सोमवार १२:५०

0
Shares

काठमाण्डौं, २६भदौ ।चलचित्र ‘अनुराग’ बाट पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम हिरोइन बन्ने भएकी छिन । दुई सन्तानकी आमा एलिजा आफ्नै लगानीमा फिल्मकी हिरोइन बन्ने भएकी हुन । सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत हुँदैछन ।गत साता फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह गरे । अनुराग निर्माणमा आफुले सक्दो सहयोग गर्ने धमलाले बताए । एलिजाले फिल्म खेल्ने आफ्नो रहर पुरा गर्न आँफै निर्माणमा होमिएकि छन । फिल्ममा ऋषि धमलाको अनस्क्रिन भुमिका रहने वा नरहने बारे केही खुलाईएको छैन । फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ । फिल्मको बजेट करिब एक करोड बताइएको छ ।रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीतकारको रुपमा रहेका छन् भने कथा किरण दाहालको रहेको छ । नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीको छ । फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।  

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍यो । दुवै

काठमाडौं । फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्न नहुने बताएका छन् । आज (बिहीवार) नेपाल

एजेन्सी । इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन् । पत्रिकामा हालैमात्र

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९