एनआईसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालय परिसरमा विस्तारित काउण्टर स्थापना गर्ने

एनआईसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालय परिसरमा विस्तारित काउण्टर स्थापना गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालय परिसरमा विस्तारित काउण्टर स्थापना गर्ने भएको छ । बैंकले काउन्टर स्थापना गर्ने सम्बन्धमा अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?