प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण

लोकपथ संवाददाता
0
Shares
k|b]z g % sf] k|b]z k|d’vsf] sfof{no a’6jndf d+unaf/ cfof]lht ;df/f]xdf zky u|x0fkl5 k|b]z nf]s;]jf cfof]usf gjlgo’St cWoIf l8nf/fd e§/fO{nfO{ awfO{ lbb} d’VodGqL z+s/ kf]v/]n . t:jL/ M lg/f uf}td

काठमाडौं । प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमोजिम प्रदेशप्रमुख उमाकान्त झाको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट आयोगका अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथग्रहण समारोहमा प्रदेश नं ५ प्रमुख झासहित मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहभागी हुनुभएको थियो ।

शपथग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टराईले आजै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?