भावपूर्ण पत्रकार सम्मेलनमार्फत हङ्कङकी प्रमुख ल्यामले भनिन् ‘शहरलाई खाडलतिर नधकेल’, प्रदर्शन अझै जारी

appharu
0
Shares

एजेन्सी । कार्यकारी प्रमुख क्यारी ल्यामले जारी सरकार विरोधी प्रदर्शनकारीलाई हङ्कङ शहरलाई ‘खाडल’तिर नधकल्न चेतावनी दिनुभएको छ । आज (मंगलबार) एक भावपूर्ण पत्रकार सम्मेलन गर्दै सरकार प्रमुख ल्यामले हङ्कङ खतरनाक अवस्थामा पुगेको बताउभयो । जारी सरकार विरोधी प्रदर्शनले हङ्कङलाई कहिल्यै नफर्किने बाटोतर्फ धकेलिरहेको उहाँको भनाई छ । पत्रकारले प्रश्न गरेपछि सरकार प्रमुख ल्याम प्रदर्शकारीलाई भेट््न जानुभएको थियो । तर, ठुलो आवाजमा उनिहरुले हल्ला गरेपछि उहाँ फर्किनुभएको थियो । प्रदर्शनकारीले सरकार प्रमुख ल्यामको राजिनामा माग गर्दै आएका छन् ।


यसैबीच, प्रदर्शनकारीहरुले आज पाँचौ दिन पनि विमानस्थलमा प्रदर्शन जारी राखेका छन् । करिब १० हप्तादेखि जारी सरकार विरोधी प्रदर्शन राकिने कुनै संकेत नदेखिएको बिबिसीले उल्लेख गरेको छ ।

हङ्कङ सरकारले एक विवादास्पद ‘सुपुर्दगी विधेयक’ ल्याएपछि शुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ । उक्त विधेयकमा हङ्कङका शंकास्पद अपराधीलाई चीनमा हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको थियो । सरकारले उक्त विधेयक खारेज गरेपनि प्रदर्शनकारीले भने सत्तासीन नेताहरुले राजिनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?