२८ श्रावण २०७६, मंगलवार १५:००

नुवाकोटमा श्रीमान्-श्रीमतीको झगडा छुट्टाउन गएकी महिलाको मृत्यु


प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १५:००

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका-१ दाङसिंहमा श्रीमान्-श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु-याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि

८ दिनदेखि चलिरहेको आलममाथिकाे थुनछेक बहस सकियो, केही बेरमा आदेश आउने

काठमाडौं । रौतहटको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको

डा. रुपज्योतिमाथि ठगि मुद्दा नचल्ने

काठमाडौं । पूर्व राज्यमन्त्री एवं व्यवसायी डा. रुप ज्योतिमाथि ठगि मुद्दा नचल्ने भएको

अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि नेपाली सेनाकाे निर्देशनालय गठन, यस्तो छ जिम्मेवारी

काठमाडौँ । नेपाली सेनाले सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन निर्देशनालय निमार्ण गरेको