पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

सांसदहरुले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन सुझाव दिएका हुन् ।


पशुपति क्षेत्र विकास कोषले चलाएको नेपाल वेद विद्याश्रमलाई समेत व्यवस्थित बनाउन सांसदहरुले सुझाव दिएका छन् । उनीहरुले सम्पदा स्थललाई पर्यटनसँग जोडेर अर्थतन्त्र वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।


समितिका सभापति दिलकुमारी रावलले पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत गर्न व्यावहारिक कानूनी समस्यालाई हल गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?