सिंहदरवार टेक्नै चाहँदैनन् विनाविभागीय मन्त्री

काठमाडौँ, १८ पुस- साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारीविहीन भएका छन् । जिम्मेवारी नभएपछि यी मन्त्री सकेसम्म सिंहदरवार जान रुचाउँदैनन् कहिलेकाहीँ गए पनि माओवादीको संसदीय दलको कार्यालयमा जाने गर्छन् । विनाविभागीयहरुका लागि छुट्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कमन रुम’मा उनीहरु जान चाहन्नन् १६ विनाविभागीय मन्त्रीका लागि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय भवनमा एउटा साझा कोठा छुट्याइएको छ । तर त्यहाँ विनाविभागीय मन्त्रीहरु एक पटक पनि टेकेका छैनन् वर्तमान सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विना विभागीयमन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । क्याविनेट तहका ९ मन्त्रीलाई प्रधानमन्त्री कार्यालयका सचिवले मन्त्रिपरिषदको बैठकको अजेन्डा पठाउने गर्छन् । ७ राज्यमन्त्रीले त्यो अवसर पनि पाउँदैनन् फुर्सदिला भएका विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन्, नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?