अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई ‘भिसा रिभ्यू’ गर्न बोलायो

काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले ‘भिसा रिभ्यू’ गर्न बोलाएको छ । मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर दिउँसो फेरि बोलाएपछि सन्दीप दूतावास जानुभएको छ ।

यसअघि, आज बिहान मात्र वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले अमेरिकी भिसाको लागि आवेदन दिनुभएको थियो । त्यपछि उहाँले सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताउनुभएको थियो ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?