प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौं रुपैयाँ रहेको भनेर कुप्रचार गरिएको आरोप (विज्ञप्तिसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र, दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपमा कपोलकल्पित र कुप्रचार मात्रै रहेको भन्दै अध्यक्ष दाहालको निजी सचिवालयले भत्सर्ना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रतिगामी तत्वहरुले योजनाबद्ध रुपमा तथ्यहीन र भ्रामक कुप्रचार मार्फत अध्यक्ष दाहालको बदनाम गर्न खोजिएको दाबी गरेको छ ।

विज्ञप्तिमा प्रकाशका नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति समेत दिइएको छ । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव तथा निजी सचिवालयका अध्यक्ष जोखबहादुर महराद्वारा जारी विज्ञप्तिमा भ्रामक प्रचार गर्नेहरुलाई आवश्यक कारवाही गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?