Vivo S1 नेपाली बजारमा, के-के छन् विशेषता ? (हेर्नुहोस् मुल्यसहित)

काठमाडौं । भीभो नेपालले भीभो एस १ (Vivo S1) नेपाली बजारका सार्वजनिक गरेको छ ।

भीभो एस १ स्मार्टफोनमा स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषता रहेका छन् ।

यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ ।

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउने कम्पनीको दाबी छ ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?