नेकपाको सचिवालय बैठक फेरि सर्‍याे, स्कुल विभागमा ८ जनाको दाबी (नाम सहित)

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली (बुधबार) मात्र बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श तथा छलफल गर्ने भएपछि आजका लागि तय गरिएको बैठक भोलिमात्र बस्ने भएको हो ।

नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन नेकपाको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ ।
यसैबीच नेकपामा स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरुको संख्या बढेको छ । शुरुमा स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले मात्र दाबी गर्दै आएकामा हाल झलनाथ खनाल सहित युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले पनि स्कुल विभागको नेतृत्वका लागि रुचि देखाएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?