चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ ।

जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ । सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् ।

नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ । वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ ।

प्रत्यक्ष विदेशी लगानी चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले लगानी वृद्धि भएको छ । यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ ।

जर्मनीबाट ७२ दशमलव ४ र कोरियाबाट ६९ दशमलव ७ प्रतिशत लगानी वृद्धि भएको छ । वाणिज्य मन्त्रालयको तथ्याँकमा युरोपेली युनियनबाट पनि अघिल्लो वर्षको तुलनामा १८ दशमलव ३ प्रतिशत बढी लगानी भएको छ ।

बेल्ट एन्ड रोड (बिआरई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशतको झिनो लगानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?