ट्रम्पले गरे यस्तो निर्णय, ग्रीन कार्ड र भिसा लिने प्रक्रियामा कडाइ


लोकपथ
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १२:१२

काठमाडौं । अमेरिकाले भिसा र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ ।

आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेकाे हाे । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताउनुभएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताउनुभयो । यो नियम आउँदो महिनाको अक्टाेबर १५ ताखिरबाट लागू हुनेछ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस
स्वाथ्य जाँचका लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै, प्रचण्ड कार्यवाहक अध्यक्ष

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जानुहुने भएको छ ।

विप्लव समुहद्वारा मन्दिरको ६ रोपनी जग्गा कब्जा

काठमाडौं । नेत्र विक्रम चन्द समुह ‘विप्लव’ नेतृत्वको समुहले सल्यानमा एक मन्दिरको ६

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा