सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुन: नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार रुपैयाँ कायम भएको छ ।

यो मुल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?