बनेपा क्वाटरफाइनलमा प्रवेश


लोकपथ
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १०:२७

काठमाडौं । बनेपा ब्वाइज क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा बनेपाले सिन्धु स्पोर्ट्सलाई पेनाल्टीमा ३-२ गोलले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बनेपाका भवसागर रन्जित ‘म्यान अफ द म्याच’ घोषित भए ।

चावहिल खान परिवारको सहयोगमा भइरहेको प्रतियोगितामा बौद्ध टुसाल भेट्रानले आयोजक चावहिललाई टाइब्रेकरमा २-० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । बौद्धका धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ बने ।

प्रतिक्रिया दिनुहोस
उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा

काठमाडौं । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी

सुरुवाती खेलमै रियलको कब्जा

एजेन्सी । स्पेनिस ला लिगा फुटबल खेल अन्तर्गत रियल मड्रिडले सुरुवाती खेलमै कब्जा

पाथीभरा गोल्डकपः उपाधि मोरङलाई

काठमाडौं | चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब

तेस्रो चरणबाट बाहिरिए फेडेरर

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन्