बैंकले ब्याजदर नबढाउने भएपछि सेयर बजारमा रौनक

काठमाडौँ, १८ पुस- अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा रौनक देखिएको छ । निरन्तर ओरालो लागिरहेको बजारमा यस दिन ४४ दशमलव २२ अंक बढेको छ । पछिल्लो ११ दिनमा मात्रै नेप्से परिसूचक कुल १ सय ३० दशमलव ५८ अंक घटेको थियो । लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंकहरूले निक्षेपमा उच्च ब्याजदर योजना सार्वजनिक गरेपछि बजार प्रभावित भएको थियोआइतबार बैंकहरूले साढे १२ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेपछि यस दिनको बजार बढ्न टेवा पुगेको हो । यस्तै नेपाल इन्भेष्टर्स फोरम र बैंकर्स एसोसिएसनले धितोपत्र बजार सुधारका लागि सहकार्य गर्ने कुराले पनि यस दिनको बजार प्रभावित भएको हो बजार निरन्तर घटेपछि अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ । सोहीकारण बजारमा खरिदकर्ताको चाप यस दिन बढेको एक ब्रोकरले बताए । मूल्य सस्तो भएपछि साना तथा ठूला सबैखाले लगानीकर्ताले सेयर खरिद गरेका कारण यस दिन बजार बढेको उनको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?