मन्त्रीका भोका कमल थापा

काठमाडौँ, २६ पुस — प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई दिएका छन् । राप्रपा अध्यक्ष थापाको सिफारिसमा देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका थिए गिरी हटेपछि प्रधानमन्त्रीले राप्रपाको भागमा परेको मन्त्रालयको जिम्मेवारी थापालाई दिएका हुन् । मन्त्रालयअन्तर्गतका नियुक्तिमा अध्यक्षको हस्तक्षेप भएको र सचिव चयनमा समेतपार्टीको अनावश्यक हस्तक्षेप भएको भन्दैगिरीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा आपत्ति जनाएका थिए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?