२८ श्रावण २०७६, मंगलवार ०६:४७

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास


प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०६:४७

काठमाण्डौं । निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि सहभागी थिए । आजको नेपाल समाचारपत्रमा समाचार छ । तस्विर गुगल

प्रतिक्रिया दिनुहोस
घुस खाने लोकमानका मान्छेका कारण नखानेलाई तनाव

यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका

बैंकिङ कसुर चार गुणा बढ्यो

गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १६७ मुद्दा दर्ता भएका छन् ।

प्याजको भाउ कति छ ?

यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर

के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ?

गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकाे खबर कान्तिपुरले छापेकाे