झिनो अंकले बढ्यो नेप्से


लोकपथ
प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १७:२९

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से आज भने झिनो अंकले सुधार भएको छ । आज नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार भएन । आज कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
सुनको मूल्य घट्यो

काठमाडौं । लगातर उकालो लागेको सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार

युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान

काठमाण्डौं । सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने

साताको शेयर बजार: एक अर्ब ७८ करोडको कारोवार

काठमाडौं | धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो ।

एनआइसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्यो, ३ अर्ब ५ करोड नाफा

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ५ करोड रुपैयाँ