२ जेष्ठ २०७९, सोमवार

चार सय नागरिक बेपत्ता कि मृतक ?

२०७४,पुष,१८,मंगलवार ०१:१०

0
Shares

काठमाडौं, १८ पुस- बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् हत्याको आशंकासहित बेपत्ताबाट गएका फाइलमा टीआरसीले पनि क्षेत्राधिकारको प्रश्न उब्जाउँदै छानबिन नगरे अकारण अलपत्र पर्ने सम्भावना छ । बेपत्ता व्यक्ति मृतक भएको पुष्टि भए तत्काल परम्पराअनुरूप परिवारजनले काजकिरियासमेत गर्नुपर्ने हुन्छ । तर, मृतक पुष्टि नभएसम्म जीवितको सम्भावना रहने हुँदा धार्मिक संस्कार गर्न मिल्दैन । आधिकारिक विज्ञ संलग्न टोलीले ‘एन्टिमार्टम’ वा ‘पोस्टमार्टम’ नगरी बेपत्ता व्यक्तिलाई मृतक ठहर गर्न पनि सकिँदैन बेपत्ता आयोगले आफैंले अनुसन्धान नगरी ‘मृत्यु भएको अनुमान’का आधारमा चार सय १५ जनाको फाइल टीआरसी पठाएपछि पीडित परिवार आक्रोशित भएका छन् । ‘बेपत्ता आयोगबाट झन्डै चार सयको उजुरीको फाइल प्राप्त भएको छ । अहिले टिपोट बनाएर हेर्ने काम भइरहेको छ,’ टीआरसीका सदस्य वरिष्ठ अधिवक्ता लीला उदासीले भने, ‘तिनीहरू बेपत्ता हुन् भने बेपत्ता आयोगकै क्षेत्राधिकारभित्र पर्छ । त्यस्तो भेटिएमा हामी हेर्दैनौं । मृतक हुन् भने यसै पनि टीआरसीको छानबिनभित्रै पर्ने हो ।’ उदासीले प्रारम्भिक छानबिनपछि मात्र निष्कर्षमा पुगिने बताए बेपत्ता आयोगका सचिव नृपध्वज निरौलाले पनि शान्ति मन्त्रालयको सूचीमा मृतक जनाइएकाले बाँकी अनुसन्धानका लागि टीआरसीको जिम्मा लगाइएको बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०१:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार

बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०