विप्लवका १७ कार्यकर्ता पक्राउ


प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १४:५०

काठमाडौं । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९)मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार

खराव मौसम : काठमाडौँबाट नेपालगञ्ज उडेको विमान धनगढी पुगेपछि..

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण

डेंगुको प्रभाव देशभर : स्वास्थ्य मन्त्रीको हलुका जवाफ

काठमाडौं । सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको