परीक्षा हलभित्रै यस्तो काइदा: प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्ने ३ पक्राउ

काठमाडौं । एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका ४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिव भक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रश्नपत्र फोटोकपी गराउँदै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?