कर छुटको मागदाबी अस्वीकार

काठमाडौँ, १८ पुस -सर्वोच्च अदालतले पोखरास्थित फूलबारी रिसोर्टले रुग्ण उद्योग घोषित गरी आयकर छुटका लागि गरेको मागलाई अस्वीकार गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले रुग्ण उद्योगको मापदण्ड तय गर्ने अधिकारक्षेत्र सरकारको भएको भन्दै कर छुटको मागदाबी अस्वीकार गरेको हो कर छुटका लागि मन्त्रिपरिषद्को समेत एजेन्डा बनिरहेका बेला सर्वोच्चले यस्तो आदेश दिएको हो । रिसोर्टका तर्फबाट दायर रिट खारेज भएसँगै अब आयकर तथा रोयल्टीको साँवा तथा हर्जाना समेत भुक्तान गर्नुपर्नेछ । झन्डै तीन अर्ब रुपियाँ रिसोर्टले तिर्न बाँकी छ । रिसोर्ट र नेपाल रिक्रिएसन सेन्टरबीच सुरु भएको विवाद करिब ६ वर्षपछि अदालतले टुङ्ग्याएको हो, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?