यसरी मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस (भिडियो सहित)

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोमबार काठमाडौंमा युवाहरुले ‘शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ दिवस मनाएका हुन् । यस वर्ष विश्वभरका लागि भने ‘शिक्षामा रुपान्तरण’ भन्ने नारा तय गरिएको छ ।

नेपालमा युवाको लागि काम गर्ने विभिन्न सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ मा युवा दिवस मनाइएको थियो । हाल सरकारले आफैले युवा दिवस मनाउन थालेको छ ।

सरकारले नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ ।
हेर्नुहोस भिडियो–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?