२०७८,असार,८,मंगलवार

प्रधानमन्त्री ओलिको गृह जिल्लामा बम विस्फोट


झापा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमबार बिहान बम विष्फोट गराएको छ ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताउनुभयो ।

घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: २०७६,श्रावण,२७,सोमवार ०९:४३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन्

काठमाडौं । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम माथि छलफल समाप्त भएको छ । प्रदेश प्रमुख

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४