उपनिर्वाचनको तयारीमा यसरी जुट्दैछ निर्वाचन आयोग, प्रवक्ता खरेलसँग – खास कुरा (भिडियोसहित)

appharu
0
Shares

आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्न लागेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था छ । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।
गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ। मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ। यसैबिच लोकपथ टिभिले निर्वाचन आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलसँग उपनिर्वाचनको तयारी, मतदाता थाहा पाउनुपर्ने विषय, मतपत्र, मतदाता शिक्षा, मतगणना तथा आचारसंहितासँगै समग्र उपनिर्वाचनमा केन्द्रित रहेर तयार पारेको यो भिडियो हेर्नुहोस् ।

निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलसँग लोकपथ ”खास कुरा”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?