सर्दै सर्दै फागुनमा पुग्यो दयारानी


लोकपथ
प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०८:३२

काठमाडौं । दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका रहेको चलचित्र दयारानी फागुनमा प्रदर्शन हुने भएको छ ।

जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको दयारानी साउन ३० मा पुगेको थियो । त्यसको ६ महिना पछि सरेर अब फागुन ९ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।

यसअघि दुईपटक सारिसकेको प्रदर्शन मिति अब भने कुनैपनि हालतमा परिर्वतन नहुने निर्माण टिमले जनाएको छ ।

निर्देशक माओत्से गुरुङले नेपालमा फिल्म चलाउन गाह्रो भएकाले रिलिज मिति सारेका बताउनुभयो ।

दयाहाङ र दिया बाहेक विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ

सनी लियोन कसरी बनिन् सर्वाधिक खोजिको पात्र ?

एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै

सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा