भदौ १ देखि दूधको मूल्य बड्ने

appharu
0
Shares

काठमाण्डौं । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो ।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ।

प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?