कर्मचारीहरु कार्यालय समयमा बाहिर निस्कन नपाउने

appharu
0
Shares

काठमाण्डौं । सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ।

कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो।

कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?