काँग्रेसको निर्देशिका पारित, कार्तिकभित्रै समायोजन सक्ने तयारी

appharu
0
Shares

काठमाण्डौं । नेपाली काँग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ ।

काँग्रेसको आईतबार बसेको केन्द्रिय कार्यसमिति बैठकले पार्टीको विभिन्न तहको कार्यसमिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले भदौ २० गतेभित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्यसमिति समायोजन गरी सक्ने र कार्तिक महिना भित्रै सबै कार्यसमिति समायोजन गरी सक्ने निर्णय भएको बताउनुभयो ।

साविकको कार्यसमितिलाई समायोजन गर्नेगरी तथा वडा तहसम्म संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुनेगरी पार्टीको निर्देशिका पारित गरिएको र त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रिय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउने काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेसले निर्वाचनमार्फत सबै कार्यसमिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?