नयाँ वर्षकै दिनदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १७ पुस–अंग्रेजी नयाँ वर्षकै दिनदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्यबृद्धि गरिएको छ यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जनाकारी दिए अब एक लिटर पेट्रोलको रु १०२ तथा डिजेल र मट्टितेलको रु ७९–७९ पर्नेछ । यस्तै खाना पकाउने ग्यासको मूल्य रु १३७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?