जब आफ्नै घरको छानामा बस पल्टिदै आईपुग्यो (भिडियो सहित)

नुवाकोटको शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११ ४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्। उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।

 काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको हो। खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको बसको स्टेरिङ नघुम्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटना लगत्तै बसका चालक फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?