भक्तपुरमा एक यात्रुबाहक बसले अर्का ३ बसलाई ठक्कर दिएपछि…

काठमाडौं । भक्तपुर गठ्ठाघरको आकाशेपुलमुनि आइतबार विहान डरलाग्दो दुर्घटना भएको छ । काठामाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

उक्त बस अनियन्त्रित भई बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको ३ वटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिँदा तीनवटै बसका यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?