बार्सिलोनाको जितमा नापोली स्तब्ध

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा नापोलीलाई हराएको छ ।

अमेरिकाको मिसिगनमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ईटालियन क्लब नापोलीलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनामा आबद्व भएपछि ग्रिजम्यानले क्लबका लागि पहिलो गोल गरे । लुईस स्वारेजले दुई तथा उसमान डेम्बेलेले एक गोल थपे ।

तस्वीर गूगल

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो ।

स्वारेजले ४८ औ मिनेटमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाको जर्सीमा पहिलो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनी यसै सिजन १ सय २० मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका थिए ।

त्यसको दुई मिनेटपछि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को स्थितीमा पुर्याए । ६३ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

चोटका कारण कप्तान लियोनल मेस्सी मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका थिए ।

फ्लोरिडामा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले नापोलीलाई २-१ ले हराएको थियो । बार्सिलोनाले अगष्ट १६ मा एथ्लेटिको बिल्बाओसंग खेल्दै स्पेसिन लिगको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?