रङ लगाउने काम लगाईदिन्छौं भन्दै किशोरी बेच्न हिडेका दुई व्यक्ति यसरी पक्रिए

काठमाडौं | विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका २ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका १ घर भएका २९ वर्षीय आईते बहादुर लोप्चन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार साँझ चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधिसहित खटिएको प्रहरीले ना. ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ती किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकोले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?