कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्

लोकपथ
13
Shares
तस्बिर: गुगल

काठमाडौं । मानिसको स्वभाव, वर्तमान र भविष्य उनीहरुको जन्मेको समय, गते, बार, तिथि, महिना लगायत कुराहरुले गर्छ भन्ने ज्योतिषी मान्यता रहदै आएको छ । आज हामी कुन बार जन्मेका मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ भन्नेबारे ज्योतिषी मान्यताहरु प्रस्तुत गर्न गइरहेका छौं ।

ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। हप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो।

अब हेरौँ कुन बार जन्मने व्यक्ति कस्तो:-

आइतबार:- आइतबार जन्मने व्यक्ति भाग्यमानी हुन्छन् । यिनीहरुको आयु लामाे हुन्छ । आइतबार जन्मने व्यक्ति कम बोल्ने तर प्रतिभावान हुन्छन् ।
यो बार जन्मने मानिसलाई मान सम्मान पनि मिल्छ । धर्ममा रूची राख्ने उनीहरुले सबैलाई खुसी राख्छन् ।
आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फलदायी हुन्छ ।

सोमबार:- साेमबार जन्मने व्यक्ति मिजासिलाे हुन्छन् । उनीहरु एकदमै मिठाे बाेल्छन् । यो बार जन्मने मानिसहरु निकै बहादुर हुुन्छन् । उनीहरु सबै सुविधाबाट सम्पन्न हुन्छन् । यो बार जन्मने मानिसहरु मिहीनेती हुन्छन् । यिनीहरु कफ राेगबाट ग्रसित हुन्छन्
साेमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फलदायी हुन्छ ।

मंगलबार:- मंगलबार जन्मने व्यक्ति उग्र स्वभावका हुन्छन् । यिनीहरु झगडालु हुन्छन् जसले गर्दा विवादमा फस्छन् । यो बार जन्मने मानिसहरु बहादुर हुन्छन् भने रचनात्मक पनि हुन्छन् । यिनीहरुले राम्राे नेतृत्व गर्न सक्छन् । मंगलबार जन्मने मानिसहरु तनाव महशुस गर्छन् । यिनीहरु छाला राेगबाट ग्रसित हुन्छन् ।
मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशकाे पुजा गर्दा फलदायी हुन्छ ।

बुधबार:- बुधबार जन्मने व्यक्ति धार्मिक हुन्छन् । यिनीहरुको दिमाग तगडा हुन्छन् ।मिठाे बाेल्ने हुन्छन् भने बुद्दिकाे कामबाट लाभ अत्यधिक लाभ मिल्छ ।
यिनीहरु लापरबाही गर्ने खालका हुुन्छन् । यिनीहरु अरूलाई लाेभ्याउन माहिर हुन्छन् भने बहुमुखी प्रतिभाशाली पनि हुन्छन् ।
बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णकाे पुजा गर्दा फलदायी हुन्छ ।

बिहिबार: – बिहिबार जन्मने व्यक्ति बुद्दिमानी हुन्छन् । यिनीहरु धेरै डराउने खालका हुन्छन् । यिनीहरु निकै भाग्यशाली हुन्छन् । कुनै कुरामा कट्टर हुन्छन् ।
यिनीहरु सँधै खुसी हुन्छन् ।
बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुकाे पुजा गर्दा फलदायी हुन्छ ।

शुक्रबार:- शुक्रबार जन्मने व्यक्ति राम्राे प्रवक्ता हुन्छन् । यिनीहरु निकै सहनशील हुन्छन् । मुश्किलदेखी डराउउने यी वार जन्मने व्यक्तिहरु करियरमा सफल हुन्छन् । यिनीहरु बुद्दिमानी हुन्छन् भने समाजमा प्रतिष्ठित हुन्छन् ।
शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिकाे पुजा गर्दा फलदायी हुन्छ ।

शनिबार:- शनिबार जन्मने व्यक्तिलाई कृषी व्यापारबाट अत्यधिक लाभ मिल्छ । यिनीहरु रचनात्मक काममा रूचि राख्छन् ।
यिनीहरु तनाबबाट ग्रसित हुन्छन् भने घरपरिवारमा सुख मिल्छ । यो बार जन्मने व्यक्ति अरूकाे इर्ष्या गर्ने हुन्छन् । यिनीहरु जाेखिम देखी डराउँछन् ।
शनिबार जन्मिने व्यक्तिले दैनिक शनिकाे पुजा गर्दा फलदायी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?