रानीको ‘मर्दानी २’ डिसेम्बर १३ मा

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित नयाँ सिनेमा ‘ मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने भएको छ।

सिनेमा ‘मर्दानी’को सिक्वल हो। सिनेमामा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन् । सिनेमामा रानी शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा देखिनेछिन् ।

बलिउड समीक्षक तरण आदर्शले ट्वीट गर्दै सिनेमाको रिलिज मिति तय भएको बताएका हुन् । सिनेमाको निर्देशन गोपी पुथरणले गरेका छन् । गत वर्ष रानी अभिनित ‘हिच्की’ रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?