एम्बुलेन्स खरीद गर्न महायज्ञबाट ३५ लाख सङ्कलन


लोकपथ
प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०९:०५

तनहुँ । एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ ।

ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो ।

केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा दानवीरहरुको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिनुभयो ।

“गाउँमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु जिपको चर्को भाडा तिरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सहज मूल्यमा सर्वसाधारणलाई सेवा दिने उद्देश्य राखेर एम्बुलेन्स खरीद गर्ने सोच छ ।” उहाँका अनुसार यहाँका सर्वसाधारणले एम्बुलेन्स सेवा प्रयोग गर्न नपाउँदा दुःख भोग्नुपरेपछि विद्यालयको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो ।

नगरपालिका भएर पनि विकासमा पछाडि परेको वडाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउन एम्बुलेन्स सेवा सञ्चालनका लागि महायज्ञ गरिनु सकारात्मक रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथावाचन गरिरहनुभएको छ । एम्बुलेन्स खरीदका लागि महायज्ञ आयोजना गरिएको हुँदा केशवटारवासी खुशी भएका छन् ।

“एम्बुलेन्स सेवा नहुँदा बिरामीलाई सदरमुकाम दमौली या अन्यत्रको अस्पतालमा लैजान कठिनाइ हुँदै आएको छ”, स्थानीयवासी बसुन्धरा भट्टराईले भन्नुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
सेती नदीमा बगेर बालिका बेपत्ता

काठमाडौं । सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी

मेघगर्जन र चट्याङसहित तीन दिन पानी पर्ने

काठमाडौं । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का

नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट

सांसदको प्रश्न, ‘महिलाले एकदिन पार्टी प्यालेसमा तीज मनाउँदैमा भ्रष्टाचार कम हुने हाे र ?’

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध