गाउँपालिकाको गाडीमा आगजनी


प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०८:५९

दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।

आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिनुभयो । बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो । सो आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

सो घटना कसले र किन गराएको भन्ने खुल्नमा नआए पनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

अहिले त्यहाँ प्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
करेन्ट लागेर एकको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी

भारतले बनाएको बाँधको ढोकाहरु नखोल्दा २ सय बिगहाकाे धानखेती डुबानमा

कपिलवस्तु । भारतले बनाएको बजहा बाँधले नेपाली भू–भागको २ सय बिगाह खेती योग्य

५ वर्ष बित्दा पनि ७ हजार उखु किसानले पाएनन् अनुदान रकम

कपिलवस्तु । सरकारले आर्थिक वर्ष ०७१/०७२ मा उखु किसानहरुलाई प्रति क्विन्टल रु. २५

प्रदेशको नाम र राजधानीमा विवाद नहुनेगरी टुङ्गो लगाउँछौंः मुख्यमन्त्री पोखरेल

गुल्मी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विवाद रहित स्थानमा प्रदेशको