एमाले अध्यक्ष ओलीले मन्त्रीलाई आलु प्याज भनेपछि

काठमाडौं, २६भदौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका मन्त्रीलाई आुलप्याजसाग तुलना गरेका छन् ।उनले आलुप्याजको भाउ भएको तर मन्त्रीको कुनै भाउ नरहेको टिप्पणी गरेका छन् ।नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रमलाई सोमबार एमाले मुख्यालय धुम्बाराहीमा सम्बोधन गर्दै ओलीले भने, ‘ अहिले नेपालमा बरु आलु, गाँजर, मुला ,प्याज टमाटरजस्ता तरकारीको भाउ बढेको छ तर मन्त्रीको भाउ सबैभन्दा घटेको छ ।’उनले थपे, ‘मन्त्री हुँदा भन्दा गर्वको विषय हुनुपर्नुे तर त्यो छँदैछैन ।’प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।स्मरणिय छ, एमाले अध्यक्ष ओली प्रधानमन्त्री छँदा ६जना उपप्रधानमन्त्री सबै भन्दा धेरै सहित ४० सदस्यीय मन्त्रीपरिषद थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?