२६ श्रावण २०७६, आईतवार ०८:०७

करको कहर – जुत्ता पालिसदेखि चटपटेसम्म


प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०८:०७

काठमाण्डौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ ।

अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शानिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ ।

भूइँमा समान विच्छ्याएर बेचेवापत पनि २० रुपैँया तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।

नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ । रागाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १५० रुपैयाँ कर लाग्नेछ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
धितोपत्र बजार: नेप्सेको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ : मुख्यमन्त्री राई

काठमाडौं । मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र

समानता बढाउन आम्दानी पनि बढ्नुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले समानता बढाउन आम्दानीमा पनि वृद्धि हुनुपर्ने बताउनुभएको

२८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतले वृद्धि

काठमाडौं । शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा