चन्दा लिएको मन्त्रीले स्विकारे, यसरी मारमा पारिएछ भूकम्प पिडितलाई !

appharu
0
Shares

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीसँग चन्दा लिएको खुलाशा गर्नुभएको छ ।
चुनावपछि बजारमा रड तथा फलामजन्य वस्तुहरुको भाउ ह्वात्तै बढेको थियो । यसको कारण भूकम्प पिडित जनता मारमा परेका थिए । आफुहरुले चन्दा लिएका कारण उद्योगीले छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको उहाँको स्विकारोक्ति छ ।

नेपाल सिमेन्ट उद्योग संघले आज गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताउनुभयो । ‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं’ उहाँले भन्नुभयो जनताको ढाड सेक्नेगरी पैसा असुलिदिनुभयो । हामीलाई नराम्रो लाग्यो । तपाईहरुको सामाजिक उत्तरदायित्व कोषबाट दिएका भए हुन्थ्यो ।’
७२ सालको भूकम्पका कारण घरबारविहिन अवस्थामा पुगेका जनताले आवास निर्माण गर्दा सबै कच्चावस्तुको भाउ आकाशिएको थियो । हाल बनाईएका आवासहरु भन्दा तत्कालिन समयमा बनाइएका आवासहरु करिब २ लाख महँगो परेको भूकम्पपिडितको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?