आइतबार स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट आइतबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसअघि उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा जानुभएको थियो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?