छोराले चिर्पट प्रहार गर्दा बुबाको मृत्यु

appharu
0
Shares

झापा । दाउराको चिर्पट प्रहारबाट बुबाको मृत्यु भएको छ । झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै अन्दाजी ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शुक्रवार बिहान ७ बजेको समयमा बुबा छोराबिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यता बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?