यथार्थ घटनामा आधारित जमरकट्टेलको बाँच्न जति गाह्रो हुन्छ सार्वजनिक

कवि तथा गितकार सुवाश जमरककट्टेलद्वारा लिखित ‘बाँच्न जति गाह्रो हुन्छ’ बोलको गीत बजारमा आएको छ। सोलुखुम्बु जिल्ला नेचासल्यान फुर्के निवासि सुवाश जमरकटेलले आफु सवारी दुर्घटना परेर अस्पतालको शैयामा लामो समय थलिएको चोट र पिडालाई शब्दमा उतार्दै गित लेख्नुभएको हो । गित सार्वजनिक भएसँगै कवि तथा गजलकार सुवाश जमरकट्टेल अब गितकारका रुपमा देखा पर्नुभएको छ । १ दशक अगाडि देखि नेपाली साहित्य आकाशमा गजल, कविता तथा मुक्तक लेख्दै आएका जमरकट्टेल २०७५ पौष १८ गते सडक दुर्घटनामा परि मेरुदण्ड पक्षघात भई ४ महिना हस्पिटलको बेडमा रहनु भयो । सोहि समयमा आफुलाई लागेको चोट र पिडालाई सहन गर्दै लेख्नु भएको मार्मिक शब्द ूबाँच्न जति गाह्रो हुन्छ ू बोलको गितको बजारमा आएको छ । गितमा चर्चित संगितकार विकास चौधरिले सङ्गित भरेका छन भने स्वर लोकप्रिय गायक प्रथम नेपाली तारा दिपक लिम्बुको रहेको छ ।

उक्त गितको म्युजिक भिडियो मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रियसनको व्यानरमा प्रस्तुत भएको छ । बि बि फुयल र बाबुराम थापाले उत्पादन र प्रकाशन गर्नु भएको उक्त म्युजिक भिडियोमा चलचित्र कर्मि चर्चित मोडल शाहिल खान र सायशा बायलकोटिको मुख्य भुमिका रहेको छ भने डा। मनोज यादव, पोख्रेल प्रविन, थेरापिष्ट रमेश खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । विज्ञान राईले निर्देशन गर्नु भएको उक्त भिडियोको क्रियटिभ डाईरेक्टर एल एन गौतम र छायाङ्कन नवराज उप्रेतिले गर्नु भएको छ ।
गितकार सुवाश जमरकट्टेलले हिस्पिटलको बेडमा लेख्नु भएको गित निकै नै मार्मिक रहेको र उक्त गितको म्युजिक भिडियोमा पनि दुर्घटना पछि उहाँले भोगेको नियति र उपचारमा देखिएका दृष्यहरुलाई सके सम्म जस्ताको तस्तै उतार्न खोजिएको हुनाले गित समग्रमा निकै उत्कृष्ट भएको उत्पादक बिबि फुयलले जानकारी दिनु भयो ।

बास्तविक घटनामा आधारित शब्द तथा अभिनय रहेको म्युजिक भिडियोमा प्रयोग भएका शब्दहरु निकै मौलिक र उत्कृष्ट पनि रहेका छन । म्युजिक भिडियो बुढा सुब्बा युटुव च्यानल मार्फत देश तथा विदेशमा सुन्न र हेर्न सकिने र उक्त म्युजिक भिडियो बाट सङ्कलन भएको रकम समाजिक कार्यमा नै वितरण गर्ने जानकारि उत्पादक बाबुराम थापाले दिनुभयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?