विवेकशीलले प्रधानमन्त्रीलाई भन्यो, ‘सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नुहोस’

काठमाडौं, १७ पुस । विवेकशील साझा पार्टीले सत्ता लम्ब्याउने खेल भइरहेको आशंका व्यक्त गर्दै सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै विवेकशीलले प्रधानमन्त्री शेरबहादुर देउवाले सहज रुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिएको हो । सो पार्टीले जान लागेको सरकारले दुरगामी महत्वको निर्णय गरेकोमा असन्तुष्टि समेत जनाएको छ विवकेशील साझाले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश प्रमाणिकरण प्रक्रियामा राष्ट्रपतिको भूमिका ठीक नभएको उल्लेख गरेको छ विवेकशील साझा पार्टीले संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रुपमा परिकल्पना नगरेकाले विवादमा पर्न नहुनेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?