किन्नै नसकिने भयो सुन, दिनदिनै यसरी बढ्दै छ मुल्य

काठमाडौः आज पनि सुनको मूल्य बढेको छ । बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर ६९ हजार ५ सय रुपैयाँ सुन विहिबार ७० हजार पुगेको छ । बुधबार ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन बढेर ७० हजारमा पुगेको हो , यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन आइतबार ६६ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन त्यस यता तीन दिनमा तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको प्रभाव नेपालमा पनि परेको छ। अर्कातिर अमेरिका र चीनबीचको व्यापार यु द्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाई छ । सुन आकासिएपछि बजारमा बेच्नेको घुईचो लागेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १४ डलरले वृद्धि भएर १५ सय डलर ९० सेन्ट कायम भएको छ। बुधवार १४८६ डलर थियो। चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?