बागलुङका मिर्गौला र क्सान्सर पीडितलाई पोर्चुगलबाट सहयोग


प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ०६:४३

बाग्लुङ । बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले राससलाई जानकारी दिनुभयो ।

अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरेर सहयोग प्रदान गरिएको खड्काले बताउनुभयो ।

खड्काका अनुसार जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीस, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्री गरी तीन बिरामीलाई रु ९७ हजार ७६० का दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम गैरआवासीय नेपाली सङ्घका पूर्वआइसीसी सदस्य तथा बागलुङ समाज पोर्चुगलका सल्लाहकार सूर्य हमालको टोलीले जिल्लामै पुगेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
कपडामा झुण्डिने र माग्नेले पर्यटक आजित

कास्की । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउने गण्डकी प्रदेशको योजना

कास्की । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार

गण्डकी प्रदेशमा सवैभन्दा बढी भ्रष्टाचार कास्कीमा, पाँचौँमा बागलुङ

गलकाेट । गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा

पर्वतमा पनि ग्याङ फाइट : १६ जना पक्राउ

पर्वत । कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले